You are viewing the translated version of प्राज्ञिक परिषद्को गठन.

Section 10
प्राज्ञिक परिषद्को गठन
(१) विश्वविद्यालयको प्राज्ञिक कार्यलाई व्यवस्थित गर्ने निकायको रुपमा काम गर्न एक प्राज्ञिक परिषद्‌ रहनेछ ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछः- (क) अध्यक्ष -संयोजक (ख) उपाध्यक्षहरूमध्येबाट अध्यक्षद्वारा मनोनीत एक जना -सदस्य (ग) विश्वविद्यालयका अध्यापकहरू मध्येबाट अध्यक्ष द्वारा मनोनीत कम्तिमा एक जना महिला सहित तीन जना “सदस्य (घ) संरक्षक समितिबाट मनोनीत कम्तिमा एक जना महिला सहित विज्ञ दुई जना “सदस्य (३) उपदफा (२) बमोजिमको प्राज्ञिक परिषद्मा तोकिए बमोजिमका अन्य सदस्यहरू समेत रहन सक्नेछन्‌ ।
(४) प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) विश्वविधालयको पाठ्यक्रम स्वीकृत गर्ने,
(ख) घालय अन्तर्गत सञ्चालन हुने परीक्षाको किसिम तोक्ने तथा शैक्षिक कार्यक्रमको मूल्याङ्कन गर्ने,
(ग) विश्वविद्यालयको शैक्षिक गुणस्तर निर्धारण तथा कायम गर्ने,
(घ) विश्वविद्यालयमा अध्ययन तथा अध्यापन गरिने विषयहरूमा भर्ना हुन चाहिने योग्यता र आधार तोक्ने,
(ङ) घालयबाट प्रदान गरिने उपाधिहरूको लागि संरक्षक समितिमा सिफारिस गर्ने,
(च) बमोजिमका अन्य काम गर्ने।